बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नदिमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
बिहीबार साझ बर्दगोरिया ६ स्थित काँडा नदिमा नुहाउन गएका स्थानीय नाने मल्लका अन्दाजी ७-८ वर्षिय छोरा आयुष मल्ल र सोही ठाउँ निवासी दिपक मल्लका छोरा दिप्सन मल्लको नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार नदिमा डुबेका दुबै जनालाई आफन्तले बर्दगोरिया अस्पतालमा पुर्याएका थिए ।अस्पताल पुगे लगत्तै उनीहरूलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक दुबै बालकको शव पोस्टमार्टमका लागि टीकापुर लगिएको छ।