असोज२७/ रुख रोपौं , वन जोगाऔं भन्ने मुल नाराका साथ श्री जालपा सामुदायिक वन उपभोक्ता समूह मोहन्याल गाउँपालिका ७, राजकाँडा गोरुङ्गे कैलालीको १६ औं वार्षिक साधारणसभा वनको कार्यालयमा शनिबार सम्पन्न भएको छ।

। जालपा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मान बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज कठायत रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पुर्ण बहादुर बिष्ट र वाफर नेपालका प्रतिनधि प्रेम चौधरी रहेका थिए ।
अतिथिहरूमा विभिन्न सामुदायिक वनका प्रतिनिधि , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि , समाजसेवी , सामुदायिक वनका उपभोक्ताहरूको सहभागीता रहेको थियो ।
जालपा सामुदायिक वन उपभोक्ता समूहका समुह सचिव जनक खत्रीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन आलेप संयोजक छविलाल ओलिले गर्नु भएको थियोे ।

साथै संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गरिएको थियो । वनले उपभोक्ताको हकहितमा सधैं काम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । वनको आयव्यय विवरण प्रस्तुत गरिनुका साथै आगामी कार्यनीति समेत उपभोक्ताहरूले पास गरेका छन् ।