बौनिया असोज १७/ नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनको लागि लम्किचुहा नगरपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ ।
यहि असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि आज (बुधबार) लम्किचुहा बाट एमाले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
लम्किचुहा बाट १४ जना सर्बसम्मत प्रतिनिधि चयन भएका छन् । महिला तर्फ जुना चौधरी , ममता रावल, माया कुमारी शाह, सीता कुमारी जैसि र युवातर्फ धन्नजय न्यौपाने चयन भएका छन् ।
यसैगरी खुल्ला तर्फ जनक बहादुर शाही, दल बहादुर बिष्ट , दल बहादुर रावल, नर बहादुर खड्का, नेत्र प्रसाद खनाल ,महादेव बजगाई, राम बहादुर बोगटी ,लाल बहादुर बोगटी र शुर्य बहादुर थापा चयन भएका छन।
सुदूरपश्चिम प्रदेश अधिबेशनका लागि असोज १५ गते प्रतिनिधि छनौट गरिसक्ने निर्देशन बमोजिम लम्की चुहामा सहमती जुट्न नसक्दा लम्बिएको थियो ।
आज लम्किमा बसेको पार्टीका नेता कार्यकर्ताको सयुक्त्त बैठकले १४ जनालाई सर्वसम्मत प्रतिनिधि छनौट गरेको हो ।