बाैनिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनको लागि मोहन्याल गाउँपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ ।
यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) मोहन्यालबाट एमाले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
मोहन्यालबाट ३ जना सर्बसम्मत प्रतिनिधि चयन भएका छन् । महिला तर्फ पवित्रा कुमारी माझी, खुल्ला तर्फ नन्दा राम बजगाई र बमबहादुर रावल चयन भएका छन् ।
कैलालीको धनगढीमा यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) प्रदेशभर प्रतिनिधि चयन भएका छन् ।