१० असोज/ डडेलधुराको परशुराम नगरपालिकाका विभिन्न सरोकारवालाहरुको सहभागितामा खोप, जन्म दर्ता र बाल विवाह न्यूनीकरण बिषयमा अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उक्त अभिमुखिकरण सम्पन्न भएको हो ।
कार्यक्रम अन्तरगत असोज ८ गते बाल क्लब र किशोर, किशोरी सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरिएको थियो । २० जना को सहभागिता रहेको अभिमुखिकरणमा बाल विवाह न्यूनीकरण तथा खोपका विभिन्न बिषयमा अभिमुखिकरण गरिएको थियो ।
यसैगरी असोज ९ गते समाजिक रुपमा क्रियाशिल सामाजीक अगुवाहरुको सहभागितामा लैङ्गिक हिंसा न्यूनीकरण, खोप र सामुदायिक संलग्नताका बिषयमा अभिमुखिकरण गरिएको थियो अभिमुखिकरण तालिममा गाउँपालिकाका विभिन्न वडाका २० जनाको सहभागिता रहेको थियो ।

यसैगरी असोज १० गते सामाजिक व्यवहार परिवर्तन र मानव केन्द्रीत डिजाईनका बिषयमा जनप्रतिनिधि, महिला समूह सदस्य, आमा समूहका सदस्यहरुको सहभागितामा एक दिने अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा सामाजिक ब्यवहार परिवर्तन अन्तरगत नियमित खोप, बालविवाह न्यूनीकरण र जन्मदर्ता अभियानका बिषयमा अमिमुखिकरण गरिएको थियो ।
सो क्रममा परशुराम नगरपालिका उपप्रमुख बिमला कुमारी बोहरा, सामाजिक बिकास समिति संयोज तथा वडा न १ का वडाध्यक्ष लाल ब धामी, स्वास्थ्य शखा संयोजक तेज बहादुर सिंह, स्वास्थ्य साखा अनुगमन अधिकृत हिक्मत धामी, शिक्षा शाखाका प्रतिनिधि लगायतको उपस्थिति रहेकोे थियो ।