बौनिया/ एकीकृत अखिल नेपाल शिक्षक संगठन मोहन्याल गाउँ पालिकाको तेस्रो गाउँ अधिवेशनबाट दीर्घ प्रसाद जैशीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती निर्वाचित भएको छ ।
जसको बरिस्ठ उपाध्यक्षमा सूर्यबहादुर राना मगर, महिला उपाध्यक्ष रीता कूमारी विष्ट, सचिवमा लसिराम थापा मगर निर्बिरोध निर्वाचित भएका छन । यसै गरि सदस्यहरुमा नारायण घर्ती मगर ,खेम चौधरि , मीना जैशी, अर्जुन पुन मगर, गोविन्द विष्ट, दुर्गा बोगटी, इन्द्रा अधिकारी र पदम बहादुर भूल निर्वाचित भएका छन ।
यसै गरि समितिको सल्लाहकार संयोजकमा मान बहादुर पुनमगर चयन हुदा सदस्यहरुमा चक्र बहादुर रास्कोटी, निर्मल विस्ट, चन्द्र भाट र जीव बहादुर रावल रहेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका पुर्व जिल्ला कमिटी सदस्य टिकाराम जैसी, आजिवन सदस्य ताराकान्त मिश्र ,सचिवालय सदस्य खकेन्द्र देवकोटा ,भक्त बहादुर थापा,अक्कल सुनार ,मिना कुमारी जैसी ,दुर्गा बोगटी ,इन्द्रा अधिकारी सहित ८ जना शिक्षक अखिल नेपाल शिक्षक संघमा प्रवेश गरेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरे भनिएका उपाध्यक्ष अक्कल सुनार र सदस्य खकेन्द्र देवकोटाले एक विज्ञप्ति जारी गर्दै आफुहरुलाइ झुक्याएर प्रवेश गरायको भन्दै आफुहरु पुनः नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेको उल्लेख्य गरेका छन मान बहादुर पुन मगरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सोडारी र बिशिस्ट अतिथिमा मोहन्याल गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय रहनु भएको थियो । कार्यक्रमको संचालन चन्द्र भाट्ले गरेका थिए ।