बर्दगोरिया/ शिक्षा सम्बन्धि विधेयक सदनमा दर्ता गर्न खोजेको भन्दै शिक्षासंग सरोकार राख्ने विभिन्न संघ तथा संगठनहरु आन्दोलित बनेका छन् ।

विद्यालय शिक्षा ऐन २०८० विरुद्ध अहिले नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रमहरु अघि बढाएको छ । विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहँदै आएको महासंघले उक्त व्यवस्था लक्षित गर्दै आन्दोलनका कार्यक्रम अघि बढाएको हो ।
नयाँ संघीय शिक्षा ऐन संसदमा दर्ता भएको पाँचौ दिनबाट कैलाली सहित देश भरिकै ७५३ स्थानिय तहमा विरोधका कार्यक्रम अघि बढाएको हो ।
केन्द्रिय समितिको निर्देशन बमोजिम नेपाल शिक्षक महासंघ बर्दगोरिया समितिले पनि आइतबार बर्दगोरिया गाउँपालिकामा धर्ना सहित ५१ बुदे ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रिय कार्य समितिले तय गरेको कार्यक्रम अन्र्तगत कैलालीको बर्दगोरिया गाउँपालिकामा विहान ११ बजेदेखि महासंघले धर्ना कार्यक्रम गरेको हो ।
महासंघ बर्दगोरियाका अध्यक्ष उदय सिंह बि सिले विद्यालय शिक्षा ऐन २०८० मा उल्लेखित शिक्षक तथा कर्मचारीहरुका जायज माग तथा विगतका सहमति सम्बोधन नगरेको भन्दै पहिलो चरण अन्तरगत आफुहरुले आन्दोलनका कार्यक्रम अघि बढाएको बताए ।
बर्दगोरिया गाउँकमिटीको आयोजनामा आईतवार धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्य भएको अध्यक्ष बि सिले बताए ।
यस्तै महासंघले ३० गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र ३२ गते सुदुरपस्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जोशिले बताए ।
संविधानले गरेको विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार माहतत हुने व्यवस्था प्रति महासंघले संविधान बनेदेखि नै आपत्ति जनाउँदै आएको छ ।
ज्ञापनपत्र बुझ्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले शिक्षकहरुको हकहितका लागी आफु सधै सकारात्मक भएको बताए । उनले भने शिक्षकहरुले पनि बिधालयमा नियमित पठनपाठनमा ध्यान दिन आवश्यक छ । शिक्षकका मागहरु पूरा गर्न पालिकाबाट हुने सहयोग र पत्राचार गर्नुपरेमा आफू पछि नहट्ने अध्यक्ष कुँवरले प्रतिबद्धता जनाए ।