बर्दगोरिया । कैलालीको जोशिपुर गाउपालिका वडा नम्बर ६ ले रोडको छेउछाउमा पशु चौपाया , ढुङ्गा ,बालुवा र जथाभावी सामान नराख्न अनुरोध गरेको छ ।

गाउँ भित्रका सडक छेउछाउमा पशु चौपाया नबाध्न र नालमा फलफुल,तरकारी खेती नग्रन,ढुङ्गा ,बालुवा र अन्य सामान नराख्न एक सुचना जारी गर्दै वडा अध्यक्ष भोजराज डगौराले निर्देशन गरेका हुन ।
उनले भने साघुरो सडक छेउछाउमा पशु चौपाया बाधेमा दुर्घटना हुने हुदा अब उपारान्त त्यसो नगर्न निर्देशन गरेका हुन । बर्षातको समयमा हुने समस्या जस्तै नाला थुनिनुले जथाभावी पानी-पानी हुने र डुबानको समस्या उत्पन्न हुने हुदा सडक छेउछाउ र नालामा तरकारी अन्नबाली र ढुङ्गा बालुवा नथुपार्न आग्रह गरेका छन ।
साथै बर्षातको समयमा सडक छेउछाउमा अन्नबाली र तरकारी बाली रोप्ने कार्यले सवारी साधन आवगमनमा समस्या सिर्जना हुने, र सडक छेउछाउ भत्किनुका साथै दुर्घटनाको जोखिम समेत रहने हुदा अब उपरान्त त्यस्तो कार्य नगर्न नगराउन सुचनामा उल्लेख गरिएको छ ।
यसै गरि सबै स्थानिय जनताले आ-आफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत वडा अध्यक्ष डगौराले अपिल समेत गरेका छन । यदि कसैले अटेर गरि यस्तो कार्य गरेमा कानुन बमोजिम कार्बाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।