Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

जनताको सहजताका लागी मोहन्याल १ का अध्यक्ष पिरम बुढा आफै सडक सुधार गर्दै

  • कैलाली दर्पण
  • बुधबार, साउन २४, २०८०
जनताको सहजताका लागी मोहन्याल १ का अध्यक्ष पिरम बुढा आफै सडक सुधार गर्दै

मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सडक सुधार कार्यमा लागेका छन । सोमबार राती बाट परेको अविरल बर्षाले बिगारेको बाटो सुधार गर्न आफै सडकमा उत्रिएका हुन ।

साउन २२ र २३ गते को अबिरल वर्षाका कारण चायाभावर देखि बडिकाथाई जाने बाटो अबरुद्ध हुँदा गाउँका स्थानिय सहित आफै बाटो सुधार गर्न लागेका हुन ।
।
बर्षाका कारण बडिकाथाई जाने बाटो बिगरेर स्थानियलाई आवतजावत गर्न समस्या भएको देख्दा आफु स्वयंम बाटो सुधार गर्न लागेको वडा अध्यक्ष पिरम बुढाले बताए ।

अभिरल बर्षाका कारण सडकको ठाउँ ठाउँमा रुख,ढुङ्गा र माटो बाटो अबरुद्ध बनेको थियो । सो सडकमा स्थानिय सहित स्वयंम वडा अध्यक्ष बुढाको सक्रियतामा बाटो सम्याउने, रुख हटाउने र ढुङ्गा फाल्ने काम सम्पन्न भएको हो ।

वडा अध्यक्ष बुढाले यश अघि पनि बर्षातले बिगारेको बाटो सुधार गर्दै जनतालाई आवतजावतमा सहज तुल्याएका हुन । उनले समग्र वडा नम्बर १ को बिकास निर्माण संगै जनताका आवश्यकता अनुसार काम गर्दै आएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट