कैलालीको मोहन्याल गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ ।
शनिबार पालिकाको वडा नम्बर ४ ओखलढङ्गाकी ३७ बर्षिया बिमला मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्दार गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिनुभएको छ।
उहाँका अनुसार सुत्केरी मिजारको हेलिकप्टर पुग्न ढिलाई हुदा बच्चा जन्मी सकेको थियो।
मिजारको पण्डौन स्वास्थ्य चौकी खिमडीमा उपचार हुन नसक्ने भएर सुत्केरी मिजार र बच्चाको स्वास्थ्यमा जटिल समस्या भएको कारण कोहलपुर मेडिकल कलेजमा उपचारका लागि सिफारिस गरिएको छ।