Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाको आगामी आर्थिक बर्षको बजेट ७९ करोड ८६ लाख

  • कैलाली दर्पण
  • आइतवार, असार १०, २०८०
बर्दगोरियाको आगामी आर्थिक बर्षको बजेट ७९ करोड ८६ लाख

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको पालिकाको १२औ गाउँ सभामा आर्थिक वर्ष ०८०/८१ को लागि ७९ करोड ८६ लाख १३ हजार १२४ को अनुमानित बजेट सार्बजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदीप) ले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन ।

सभामा नेपाल सरकारबाट प्राप्त निशर्त वित्तीय समानीकरण अनुदान रु, ११ करोड ३ लाख ,संघीय सरकारबाट प्राप्त सशर्त्त अनुदान (चालुतर्फ) १४ करोड २४ लाख, पुजीगततर्फ २ करोड ३२ लाख, विशेष अनुदान (पुजीगततर्फ) रु, ५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ,राजस्व वाडफाडतर्फ ९ करोड ३३ लाख ८ हजार ६ सय, प्रदेश सरकार वित्तीय समानीकरण रु, ९४ लाख ८ हजार, विशेष अनुदानतर्फ रु, ७० लाख, समपुरक अनुदान रु, ६० लाख, राजस्व वाडफाड रु, २३ लाख ६१ हजार ,गाउँपालिकाको आन्तरिक स्रोततर्फ रु, १ करोड ५० लाख, अन्य स्रोतबाट प्राप्त (रोयल्टी ) रु, १ करोड, सामाजिक सुरक्षा भत्ता रु, २० करोड ,विभिन्न संघसंस्थाबाट प्राप्त रु, १ करोड ७७ लाख ३३ हजार ६ सय ४ समेत गरि कुल ७९ करोड ८६ लाख १३ हजार १२४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।

“सुन्दर ,सम्मुनत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिकाबासीको समृद्धिको चाहाना”भन्ने नारा सहित बर्दगोरिया गाउँपालिका को १२औ गाउँ अधिबेशनको आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट