बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका ६का किसानलाई कृषि सामाग्री वितरण गरिएको छ।

शुक्रबार लम्किचुहा नगरपालिका ६ पिपरकोटी स्थित चरेला कृषक समुह लाई नगरपालिकाले ५०% अनुदानमा ३३ जना कृषकलाई कृषि सामग्री धान काटने मेसिन ,मोटर ,पाइप लगायत सामग्री नगर प्रमुख सुशीला शाहिले बितरण गर्नु भएको छ
।।नगरपालिका को ६ लाख र समुहको ६ लाख सहित १२ लाखमा उक्त सामग्री खरिद गरिएको हो।

समुहका अध्यक्ष सुर्य चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुशीला शाही ,कृषि शाखा प्रमुख बिक्रम चौधरी ,सुब्बा सुरेश ढुंगाना ,लगायतले
मनतब्य राख्नुभएको थियो ।
कृषि सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथी शाहिले कृषिमा भित्रिएको प्रविधिले किसानको जीवन स्तरमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनु भयो।कृषि यान्त्रिक सामाग्री को प्रयोगले कृषि पद्धतिमा सहज छिटो र समयको बचत हुने भन्दै यश तर्फ किसान को आकर्षक बढेको बताउनु भयो ।
कार्यक्रमको संचालन जुगराम चौधरीले गर्नु भएको थियो ।