Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बिकास निर्माणका योजनालाई तिब्रता दिन पालिका उपाध्यक्ष सहित वडा अध्यक्षहरुको संयुक्त अनुगमन

  • कैलाली दर्पण
  • शुक्रबार, असार १, २०८०
बिकास निर्माणका योजनालाई तिब्रता दिन पालिका उपाध्यक्ष सहित वडा अध्यक्षहरुको संयुक्त अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । सडक सुधार अभियान संगै पालिका उपाध्यक्ष गणेश राज गिरि सहित वडा अध्यक्षहरुको संयुक्त टोलिले अनुगमन गरेको छ ।

ग्राईभेल भएका पुरना कच्ची सडकमा परेका खाल्डाखुल्डीका कारण आम नागरिकमा परेको समस्यालाई मध्य नजर गर्दै स्थानिय सरकार सडक सुधार अभियानमा लागेको हो ।

बिहीवार उपाध्यक्ष गणेश राज गिरि र वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतम , वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क , वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर १ मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्र, वडा नम्बर ६ मा निर्माणाधीन झुलुङ्गे पुल, वडा नम्बर ४ पुरैना ताल जाने सडकमा भइ रहेको पानी पिच संगै कालोपत्र सडक, वडा नम्बर २ को कालोपत्र सडक ,नया बिस्तारित सडक र पिरुवा पिकनिक स्थल, बर्दगोरिया धार्मिक क्षेत्रमा निर्माणाधीन आवास गृह लगाएत थारु समुदायको मरुवा लगाएतको अनुगमन गर्नु भएको छ ।

कच्ची सडक र बर्षातमा हुने हिलाम्मे सडकका कारण स्थानियले सास्ती खेप्नु पर्ने अवस्था अब आउन नदिन यतिखेर स्थानिय सरकारले पानी पिचको कामलाई तिब्रता दिदै आएको छ ।

खाल्डाखुल्डी र साघुरो सडकका कारण दुर्घटनाको जोखिम थियो ,अब फराकिलो र चिल्लो पानी पिचले त्यो सम्भावित दुर्घटनाको जोखिम पनि हटेको उपाध्यक्ष गिरिले बताए ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले बर्षातको समयमा समेत समस्या नहोस भन्दै ग्राईभेल स्टक संगै वडा नम्बर १ र ६ जोडने मुडा देखि पृथ्वीपुर सम्म पानी पिचको कार्यलाई अगाडि बढाएको छ ।

अनुगमन गर्दै पालिका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले निर्माण भइ रहेका विभिन्न बिकास निर्माण योजना का साथै पानी पिचको काममा ढिलासुस्ती नहोस भन्दै आफुहरुले संयुक्त अनुगमन गरेको बताए ।

बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई उपाध्यक्ष गिरिले निर्देशन समेत दिने गरेका छन ।

पानी पिचका कारण आवतजावत गर्ने स्थानिय खुशी भएका छन,भने मोटरसाइकल र अटोरिक्सा चालकलाई सहज भएको छ ।

गाउँ गाउँमा देखिने साघुरा र खाल्डाखुल्डी सडकले स्थानिय सरकार नभएको अनुभुती गरेका स्थानियले यति बेला चिल्ला र फराकिलो सडक देख्दा उनिहरुको मुहारमा खुशी संगै सरकारको प्रशन्सा समेत गर्न थालेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट