बाैनिया/कैलालीका १३ स्थानीय तह मध्ये ६ वटा स्थानिय तह गाउँपालिका छन् । जसमध्ये मोहन्याल र चुरे गाउपालिका पहाडि क्षेत्रमा पर्दछन ।
जिल्लामा रहेका ६ वटा गाउँपालिकाहरू मध्ये आर्थिक वर्ष २०८०/०८१ का लागी सबै भन्दा बढी बजेट कैलारी गाउँपालिकामा आएको छ । तर भू–बनावट तथा वडागत अनुपातमा सबै भन्दा बढी बजेट बर्दगोरिया गाउँपालिकामा आएको छ।
९ वटा वडा रहेको कैलारी गाउँपालिकामा आएको बजेट प्रतिवडा ४ करोड ६० लाख हुन आउँछ । यस्तै ९ वडा रहेको जानकी गाउँपालिकामा प्रतिवडा ४ करोड ५ लाख बजेट प्राप्त हुँदा ६ वडा रहेको बर्दगोरिया गाउँपालिकामा भने प्रतिवडा ५ करोड ७३ लाख बजेट आएको छ ।
उता ७ वडा रहेको मोहन्याल गाउँपालिकामा प्रतिवडा ४ करोड ५५ लाख, ८ वडा रहेको चुरे गाउँपालिकामा प्रतिवडा ३ करोड ९२ लाख र ७ वडा रहेको जोशीपुर गाउँपालिकामा प्रतिवडा ४ करोड ४४ लाख बजेट प्राप्त भएको देखिन्छ ।
कैलालीका ६ वटा गाउँपालिका मध्ये कैलारी गाउँपालिकामा ४१ करोड ४३ लाख, जानकी गाउँपालिकामा ३६ करोड ५० लाख र बर्दगोरिया गाउँपालिकामा ३४ करोड ३८ लाख बजेट आएको छ । यस्तै मोहन्याल गाउँपालिकामा ३१ करोड ९० लाख, चुरे गाउँपालिकामा ३१ करोड ३८ लाख र जोशीपुर गाउँपालिकामा ३१ करोड ११ लाख रुपैयाँ बजेट आएको छ ।
गत बर्ष भन्दा यस बर्ष बिशेष र समपुरक बजेट वृद्धि भएर आएको बर्दगोरियाका लेखा अधिकृत धर्मराज उपाध्यायले बताए ।
सुदूरपश्चिम मै भौगोलिक बनावट मिलेको चुरेको फेदिमा रहेको महेन्द्र राजमार्ग र सेतिलोक , प्रदेशको गौरव को सडक भजनी जोशीपुर ,बौनिया ,फलेबिसौना ,राक्सा सडक मार्ग जोडिएको बर्दगोरिया गाउपालिकाका ६ वटैमा वडाका सबै सडकहरु यसै आर्थिक बर्ष ०७९/०८० मा पानी पिच गरि सडकको स्थर उन्नति गरि सक्ने गाउपालिकाका अध्यक्ष कर्ण कुवरले बताए।
बर्दगोरियाले शैक्षिक सत्र ०८० मा कक्षा १ देखि १० सम्म निशुल्क गरेको छ । भने आगामी शैक्षिकसत्र ०८१ मा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने गाउपालिकाको योजना छ रहेको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।
शिक्षा ,स्वास्थ ,र खानेपानी नि शुल्क गरि सर्वहारा जनताको हितमा जनमुखी कार्यक्रम लागू गरि बर्दगोरिया गाउपालिकालाई नमूना गाउपालिका बनाउने आफ्नो मुख्य उदेश्य रहेको अध्यक्ष कुँवरले बताए ।