कैलालीको बर्दगोरिया गाउँपालिका ३ का मुक्तकमैया तथा बिपन्न परिवारलाई आय आर्जनको लाई बाख्रा वितरण गरिएको छ। पालिकाको पशु सेवा शाखाको बार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका मुक्तकमैया हरु लाई बाख्रा वितरण गरिएको हो।
शुक्रबार पालिकाको वडा नम्बर ३ स्थित मुक्तकमैया शिविरका २५ जना पशु पालन कृषक हरुलाइ स्थानीय खरी जातको बाख्रा वितरण गरिएको पशुसेवा शाखा प्रमुख जय प्रसाद कोइरालाले बताउनु भयो। जस्मा २५ वटा माउ बाख्रा र १ (बोका) बाख्रा रहेको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक अनिल ओलिले जानकारी दिनुभएको छ।
