Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा आर्थिक बर्ष २०८०/०८१ को योजना तथा कार्यक्रम छनौटका लागि टोल भेला हुँदै

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ५, २०८०
बर्दगोरियामा आर्थिक बर्ष २०८०/०८१ को योजना तथा कार्यक्रम छनौटका लागि टोल भेला हुँदै

बर्दगोरिया / आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम संचालनका लागि बर्दगोरिया गाउपालिकामा टोल भेला सुरु हुने भएको छ ।

पालिकाले बिकास निर्माण संगै जनताको आयस्तर बढाउनका लागि टोल टोल बाट योजना छनौट गर्नका लागि टोल भेला गर्न लागेको हो । यस पटक केही नयाँ विषयले पनि नीति तथा कार्यक्रममा प्रवेश पाउने यश क्षेत्रका जनताले आस लिएका छन ।

पालिकाका ६ वटै वडाका टोलबस्ती बाट प्रारम्भिक चरणमा योजना छनौटका लागि टोल भेला गर्न लागिएको पालिकाका प्रबक्ता अथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले बताए ।

टोलभेलाबाट आवश्यक सल्लाह सुझाव र योजना, कार्यक्रमलाई पालिका स्तरमा लगेर दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए ।

टोल बस्ती बाट राम्रा र दीर्घकालीन योजना आउन भन्ने उद्देश्यले सबै वडाले जेष्ठ महिना भित्र सम्बन्धित टोल टोलमा सल्लाह सुझावका लागि सुचना समेत निकालेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट