बाैनिया / मोहन्यालमा भिर बाट खसेर एक किशोरीको मृत्यु
कैलालीको माेहन्याल गाउँपालिका वडा ३ सल्लेरि(गडगाँउ) निवासी नयाराम बुढा कि १७ बर्शिया छोरि लक्ष्मी बुढा काे बाख्रा चराउने बेला भिर बाट खसेर मृत्यु भएको हो।
शनिवार घरबाट बाख्रा चराउन गएकी लक्ष्मीको बिहान करिब ९ बजेतिर बाख्रा चराउने क्रममा भीरबाट करीब ६ सय मिटर तल खसेर उनको घटनास्थलमै ज्यान गएको लालिगुरास आ.बि का शिक्षक पदम प्रसाद देवकोटाले जानकारी दिएका छ्न । उनका अनुसार मृतक किशोरी राष्ट्रिय आ वि सल्लेरिमा कक्षा ८ की पुर्ब छात्रा हुन्।