Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मोहन्यालका २४ जना श्रमिक सम्मानित

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १८, २०८०
१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मोहन्यालका २४ जना श्रमिक सम्मानित

बौनिया/ कैलालीको मोहन्याल गाँउपालिका वडा नम्बर ३ फलेबिसौनामा प्रधानमन्त्री रोजगार कार्यक्रम मोहन्याल शाखा को आयोजनामा बिभित कार्यक्रम सहित १३४ औ विश्व श्रमिक दिवस मनाएको छ।

गाउपालिका वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष मान बहादुर बिस्टको सभापतित्वमा  भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले ब्यानर बाचन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियोे ।

वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढाको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी उपाध्यक्ष कमल बहादुर साउद ,प्रमुख प्रशासकीय अधिकृत ,राज बहादुर सार्की ,प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले महिला ,पुरुष दुबै श्रमिक हुन ।श्रमिकहरुले उचित ,सम्मानजनक ज्याला पाउनुपर्ने बताउनुभयो ।र आफू मोहन्यालमा निरन्तर श्रमजीवी ,सर्वहारा जनताको हितमा बिकास निर्माणकार्य गर्न लागीरहेको बताउनु भएको छ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा उत्कृष्ट  कामगर्ने २४ जना श्रमिक लाई सम्मान गरिएको छ।

कार्यक्रमको संचालन रोजगार कार्यक्रम संयोजक एकेन्द्र भण्डारीले संचालन गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट