Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बलिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा दान बहादुर रावत निर्वाचित

  • कैलाली दर्पण
  • आइतवार, बैशाख १७, २०८०
बलिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा दान बहादुर रावत निर्वाचित

बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरमा रहेको बलिया खाने तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा दान बहादुर रावत  निर्वाचित भएका छन् ।

गठबन्धन का उम्मेदवार दानबहादुर रावतले नेकपा एमालेका उम्मेदवार गोपि बहादुर बोगटी लाई ४३ मतको अन्तरले पछाडि पार्दै रावत बिजयी भएका छन ।

विजयि रावतलले४२८ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्दी गोपि बहादुर बोगटीले३८५ मत र नागरिक उन्मुक्ति पार्टीका प्रेम लाल चौधरीले १६३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा बिर्ख बहादुर बिस्ट ,सचिबमा कर्णाखर न्याउपाने , सह सचिबमा प्रसादे जैसी ,कोषाध्यक्ष असोक कुमार चौधरि ,सदस्यहरुमा कमला देवि जोशि, दमिन बहादुर बिस्ट, तुल्छा कुमारी धामि,शिव प्रसाद उपाध्याय र दिपक राज भाट निर्वाचित हुनु भएको छ।

लेखा समिति संयोजकमा एकेन्द्र प्रसाद बजगाई,लेखा सदस्यमा अर्जुन सुनार र देवि राम जैसी निर्वाचित हुनु भएको छ।

बलिया खानेपानि उपभोक्ता तथा सरसफाइ सस्था लम्किचुहा नगरपालिका वडा नम्बर ४ काैवापुरको दोसो चुनावि साधारण सभा यहि बैशाख १६ गते भएको थियो ।अध्यक्ष पदमा सहमति नभए पछि उक्त पदमा त्रिपक्षीय प्रतिस्पर्धा भएको हो।

बैशाख १६ गते शनिबार भएको निर्वाचनमा १ हजार २ सय ९८ मतदाता रहेको  सस्थामा १हजार १ सय ११ मत खसेको थियो।

 

सम्बन्धित समाचार
ताजा अपडेट