Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

१५ शैया दोदोधरा अस्पतालको उद्घाटन मुख्य मन्त्री- शाहले गर्ने

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख १५, २०८०
१५ शैया दोदोधरा अस्पतालको उद्घाटन मुख्य मन्त्री- शाहले गर्ने

लिलाजङ्ग शाही / कैलाली
दोदोधरा अस्पताल आज बाट संचालन मा आउने भएको छ।कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा अबस्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मुडागाँउमा( साझा )निर्माणधिन नव निर्मित १५ शैयाको दोदोधरा आधारभुत अस्पताल आज बैशाख १५ गतेदेखि संचालनमा आउने भएको छ।

आज शुक्रबार  एक कार्यक्रम बिच सुदूरपश्चिम प्रदेशका  मुख्य मन्त्री  कमल बहादुर शाहले बिधिवत रूपमा दिउँसो २. बजे उदघाटन गर्नु हुने भएको छ। उक्त कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री  नरेश कुमार शाही ,भौतिक पुर्वाधार बिकास मन्त्री  प्रकाश देउवा ,प्रदेश सभा सदस्य  रामेस्वर चौधरी ,र छिमेकी पालिकाका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति समेत रहने भएको छ।

२०७७ सालमा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्व गरेको सरकारले १० र १५ शैया सम्मका अस्पताल नभएका ३ सय ९६ वटा स्थानीय पालिकामा एकैसाथ सुबिधासम्पन्न १५शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरिएका अस्पताल मध्य  दोदोधरा अस्पताल देशकै पहिलो भएको छ। भ्याट बाहेक कुल रकम १३ करोड ८२ लाख १८ हजार २ सय ८६ रुपैयाँ बराबर मा २०८० असार २० गते सम्म निर्माणकार्य सम्पन्न गर्ने गरि दोदोधरा अस्पताल निर्माणकार्यको जिम्मेवारी पाएको लुम्बिनी थोदुङ/ शिव खिम्ती जेभीले निर्माणकार्य सम्पन्न गर्ने तोकिएको मिति भन्दा करिब ४ महिना अगाडि २०७९/फाल्गुन २९ गते निर्माणकार्य सम्पन्न गरि गाउपालिकालाइ हस्तान्तरण गरिसकेको छ।

साविकको दोदोधरा गाउँ बिकास समितिले २०६६ सालदेखि स्वास्थचौकी बाट स्तर उन्नति गरि १५ शैयाको अस्पताल निर्माणकार्यलागि पटकपटक स्वास्थ मन्त्रालयमा स्थानीय राजनीति दलको अगुवाईमा डेलिकेशन सम्म लगी पहल गर्दै आइरहेको थियो । स्थानीय वासीको पहल डेड दशक पछि पूरा भएको छ।अस्पताल संचालनमा आए पछि मोहन्याल ,जोशीपुर ,लम्किचुहाको केही क्षेत्र ,घोडाघोडी ,सुर्खेतको चौकुने ,पन्चपुरी बिरामी समेतलाई सेवा लिन सहज हुने भएको छ।

बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण  बहादुर कुवँले, शिक्षा र स्वास्थ निशुल्क गर्ने योजना रहेको बताए ।अहिले बर्दगोरियामा कक्षा १०सम्म निशुल्क शिक्षा लागू भैसकेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट