बैशाख १० बाैनिया/ कैलालीको लम्किचुहा नगरपालिका ४ मा रहेको बलिया खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था लिमिटेड लम्किचुहा ४ बलिया ,कौवापुरको नँया नेतृत्व चयनको लागि सहमति नजुटे पछि यहि बैशाख १६ गते निर्वाचन हुने भएको छ।
२०६३ सालमा स्थापना भएको बलिया ,कौवापुर खानेपानी सस्थाको दोस्रो चुनावी साधारणसभा बाट अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।
समितिमा १ हजार २ सय ९८ उपभोक्ता तथा मतदाता रहेको उक्त खानेपानी सस्थामा पार्टीगत टिम निर्माण गरि चुनावी मैदान उत्रिएका छन् ।
नेकपा एमाले समर्थन बाट अध्यक्ष पदमा गोपि बहादुर बोगटी ,उपाध्यक्ष बिर्ख बहादुर बिष्ट,सचिव बिराज धमाला काेषाध्यक्ष चन्द्रा जैसी,सहसचिव नन्द ब थापा सदस्य खन्टे सार्की ,कमला जैसि, प्रेम बहादुर विश्वकर्मा
अमृत बहादुर कामी,टिकाराम भाट,लेखा संयाेजक शंकर प्रसाद शर्मा ,लेखा सदस्य अर्जुन सुनार, देविराम जैसी रहेका छन।
यस्तै नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजबादी गठबन्धन बाट अध्यक्ष पदमा दानबहादुर रावत,उपाध्यक्ष मीन बहादुर ओलि,सचीव कर्नाखर न्यौपाने ,कोषयक्ष अशोक कुमार चौधरी ,सह सचिब प्रशादे न्यौपाने सदस्यहरुमा दमिन बहादुर बिस्ट,तुल्क्षा धामी ,शिवराज उपाध्याय ,कल्पना जोशी न्यौपाने ,शारदा धामी ,दिपक राज भाट,रहेका छन् ।लेखा समितिको संयोजकमा एकेन्द्र बजगाइ ,हिरा अधिकारी ,र पुजा बुढा रहेकी छन् ।
यसैगरी नागरिक उन्नमुक्ती पार्टी बाट अध्यक्षमा प्रेमबहादुर चौधरी ,उपाध्यक्षमा जसीराम सिम्खडा,सचीव महेन्द्र राना कोषाध्यक्ष बन्दना बिक ,सह सचीव उदय बाबू क्षेत्री, हर्क भुल, नारायण बोहरा ,लक्ष्मी चौधरी ,बाधी देवि चौधरी रहेकि छन् ।लेखा समितिको संयोजक होमबहादुर गाहामगर,गोबिन्द तारामी मगर,र गौरा देवि खत्री रहेका छन्
निर्वाचन स्वतन्त्र र धादली रहित सम्पन्न गर्न जनप्रतिनिधि ,स्थानीय राजनीति दल नागरिक समाजको सहयोग लिने निर्वाचन समितिका संयोजक अधिबक्ता मायाराम धमालाले जानकारी दिनु भएको छ।
यस्तै सचीव पदमा ४ जनाको उम्मेदवारी परेको छ ।गठबन्धन कै प्रकाश शाहीले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गरेका छन ।