चेैत १८/जिल्ला सहकारी संघ कैलालीको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कैलालीको लम्कीमा प्रभातफेरी कार्यक्रम शनिबार सम्पन्न भएको छ । सहकारीको दिगोपना ,स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस सप्ताहव्यापी कार्यक्रम लम्की बजारमा प्रभातफेरीसँगै कोणसभा गरी कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संघ कैलालीका कोषाध्यक्ष जयराज न्यौपाने , सहकारी संघ कैलालीका सञ्चालक सदस्य कृष्ण पाण्डे , देवान्नद बजगाई
किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह , ग्रामीण विद्युत् सहकारी संघ कैलालीका अध्यक्ष कृष्ण खत्री , बचत तथा ऋण सहकारी संघका प्रदेश सदस्य खगेन्द्र प्रसाद धमाला , लगायत लम्की क्षेत्रका सम्पूर्ण सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू , प्रबन्धक , कर्मचारीहरूको सहभागीता रहेको थियो ।
कोणसभामा बोल्ने वक्ताहरूले सहकारीले देशको अर्थतन्त्रलाई मजबुत बनाउन महत्त्वपूर्ण भुमिका खेलेको र सहकारीहरूका बारेमा फैलाइएका भ्रमहरू अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।