कैलाली / दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ हडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
सो क्षेत्रमा बिगतदेखी असुरक्षा र अपराधी गतिविधि जस्ता क्रियाकलाप बढे पछि स्थानीय बासीले स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट मेयर का उम्मेदवार सङ्ग शान्ति सुरक्षा निम्ति प्रहरी चौकी स्थापनाको माग राखेका थिए ।

उक्त क्षेत्रमा ,चामुन्डा नमुना माबी प्राबिधिक स्कुल ,चामुन्डा कलेज ,स्वास्थ चौकी लगाएतका संस्थाहरु स्थापना भैसकेका छन ।
दैलेख ,दुल्लु ,सुर्खेत बाट सो क्षेत्रमा यातायातको सवारी साधनहरु नियमित रुपमा चल्दै गरेका छन ।
प्रहरी चौकी स्थापना भए त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम हुने अपेक्षा स्थानीयले गरेका छन् । लामो समयदेखि यस स्थानमा प्रहरी चौकी राख्नुपर्ने माग स्थानीयले गर्दै आइरहेपनि आज भने नागरिकको सपना पुरा हुदा स्थानीय बासीमा खुसीयाली छाएको छ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख गणेश कुमार शाहीले चुनावको वेला हाडाकाेट र चाल्ने चाैतारामा गरेको भाषणले आज आएर सार्थकता पाएकाे छ । वडा नं.३ काे हडाकोट अस्थायी प्रहरी चाैकिकाे आज कर्णाली प्रदेश याेजना आयाेगका मा.उपाध्यक्ष याेगेन्द्र शाहीले उद्घाटन गरेका हुन् ।
प्रहरी चाैकि स्थापना संगै अव त्यहाँको शान्ति सुरक्षा कायम गर्नकाे लागि पानी पाेखरा र जम्बुकाँधबाट प्रहरी खटिनु पर्ने बाध्यता हटेकाे छ। अब देखि यहाँको नराम्रा गतिविधि अन्त्य हुने र शान्ति सुरक्षा कायम हुनेमा यहाँकाे जनसमुदाय विश्वस्त रहेकाे स्थानियकाे भनाइ रहेकाे छ । नगर प्रमुख शाहीले गरेका चुनावी प्रतिवद्वता विस्तारै कार्यान्वयन हुदै छन ।
नगर प्रमुख गणेश कुमार शाहीले दिगो बिकासका विविध आयमहरु मध्येको शान्ति सुब्यवस्था कायम गर्नु एक महत्त्वपूर्ण कम्पोनेन्ट भएकोले अस्थायी प्रहरी चौकी स्थापना गर्नु महत्त्वपूर्ण कदम भएको बताए।
उनले नगरपालिकाको आधा हिस्सा जनसंख्या भएको साविकको चामुन्डा गाबिस हाल नगरपालिका को वडा नम्बर १,२,३,४ बिगत देखि हालसम्म चौकी बिहिन अवस्थामा रहेकोले प्रहरी चौकी पानी पोखरी र जम्बुकाध भौगोलिक दृस्टिले धेरै टाढा भएको हुँदा प्रहरी चौकी स्थापना गर्नु बर्तमान नगर सरकारको प्रमुख प्राथमिकतामा रहेको हुँदा आज यो एतिहासिक काम पूरा भएको दावी गरे ।
प्रमुख शाहीले स्थायी प्रहरी चौकिको रुपमा लैजान नगरपालिकाको ठुलो चुनौती भएकाले स्थाइ बनाउनकाे लागि प्रदेश र सघ सरकारसंग अनुरोध गर्ने बताए ।
शाहीले जनताकाे प्रत्यक्ष गुनासाे सुनुवाइको लागि टाेलफ्रि नम्बर सञ्चालनमा ल्याएका छन भने सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामै गएर वितरण गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गाेगन बहादुर हमाल
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी किसाेर लम्साल ,पुर्व उप प्रमुख तारा शाही लगाएतकाे सहभागीता रहेकाे थियाे ।
सो प्रहरी चौकिमा बरिस्ठ हल्दार मान बहादुर चन्दको नेतृत्वमा ६ जना को टोलि खटिने भएको छ। हाल वडा नम्बर ३ मा रहेको स्वास्थ इकाई को खाली भवनलाई अर्को ब्यबस्था नहुन्जेल सम्म प्रहरी चौकिले प्रयोग गर्ने सहमत गरेको ।