बाैनिया/ एशियन लाइफ इन्स्योरेन्स शाखा कार्यालय सुखडले मृत्यु पश्चात् मासिक शिक्षा खर्च भुक्तानी गरेको छ ।
शुक्रबार कम्पनीले कैलाली जिल्लाको जोशीपुर गाउपालिका ६ कुमारीबाग निवासी प्रकाश भण्डारीलाई पढाई खर्च बापत माशिक २ ह्जार ७ सयका दरले ३ महिनाको एकमुष्ट ८ हजार १ सय भुक्तानी गरेको हो ।

स्व: बिमित पारस प्रसाद भण्डारीले २०७३ असोजमा २ लाख ७० हजार रुपैयाँको बराबरको एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन् बिमा गराएका थिए ।
बिमित भण्डारीको मिति २०७९ साल मंसिर २० गते दुखत निधन भए पछि प्रस्तावमा रहेका भण्डारीका छोरा प्रकाश भण्डारीलाई पढाई खर्च वाफतको रकम भुक्तानी गरेको हो । प्रकाश भण्डारीले पढाइ खर्च बापत २ लाख ९९ ह्जार ७ सय रुपैयाँ पाउने छन ।
भण्डारी को मृत्यु पछि बिमित बालक प्रकाश भण्डारी लाई पढाइ खर्च बापत मासिक २ हजार ७ सयका दरले ३ महिलाको ८ हजार १ सय रुपैयाँँ एक कार्यक्रमका बिच कम्पनीकाे सुखड शाखा प्रबन्धक प्रकाश बहादुर शाहिले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

स्व भण्डारीको श्रीमती दिपा भण्डारी लाई बिमा अवधी सम्म बिमा शुल्क छुट सुबिधा अन्तर गत ९ बर्षको १ लाख १५ हजार ३८ रुपैयाँ किस्ता छुट दिने भएको छ। बिमा अवधी समाप्त भए पछि प्रकाश भण्डारीले बिमा रकम सहित कम्पनीले प्रदान गर्ने बोनस पनि प्राप्त गर्ने सुखड शाखा प्रबन्धक प्रकाश शाहिले जानकारी दिए ।