Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशन बर्दगोरियामा सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र ७, २०७९
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशन बर्दगोरियामा सम्पन्न

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनताको विकास र समृद्धिका लागि तिनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार कैलालीको बर्दगोरियामा भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले  जनताको हक अधिकार स्थापित गर्दै विकास र समृद्धिका लागि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारबीच आपसी सहकार्य हुनु अपरिहार्य भएको बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका कार्यसमिति अध्यक्ष दुर्गादत्त ओझाको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले स्थानीय सरकारलाई कम्जोर पार्नेगरी प्रदेश सरकारले कुनैपनि कामकारबाही र गतिविधि नगर्ने भन्दै संविधानले दिएको अधिकार् ,आफुले प्राप्त गरेको अधिकार बमोजिम स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा जेजस्तो भएपनि आफू मुख्यमन्त्री भएदेखि स्थानीय तह, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन आफू प्रतिबद्ध भएको बताउनुभयो । स्थानीय सरकारले संविधानले दिएको हक अधिकार बमोजिम काम गर्नुपर्छ ,उहाँले भन्नुभयो जनताको विकास र समृद्धिका लागि स्थानीय सरकारलाई अधिकार बिहिन बनाउन प्रदेश सरकारले कुनैपनि गतिविधि गर्दैन ।

मुख्यमन्त्री शाहले भन्नुभयो – जनताले देख्ने र मुल्यांकन गर्नेगरि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकार संगसंगै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएको हुँदा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट संचालित सबै योजनाको अनुगमन ,मुल्यांकन गरि गुणस्तरीयता अनुकुलका कामकारबाही गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट