Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल,३मा वडा अध्यक्ष रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन २०, २०७९
मोहन्याल,३मा वडा अध्यक्ष रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बाैनिया/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनामा बिहिवार देखि सुरु भएको वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

 

प्रतियोगितामा वडा नम्बर ३ का १० वटा विद्यालयको सहभागी रहेको थियो ।
प्रतियोगितामा सट्फुट, ज्याप्लिङ्ग थ्रो, हाइजम्प ,लमजम्प , कबडी, रिले दौड लगायतका खेलहरु खेलाएको थियो।।

मोहन्याल गाउपालिका वडा नम्बर ३ को आयोजनामा भएको वडा अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा निमावि तर्फ १६ स्वर्ण ,५ रजत १ कास्य पदक जितेर शान्ति माध्यमिक विद्यालय प्रथम हुदा द्वितिय हुने भैरवमाला राष्ट्रिय माबी सुगरखालले ३ स्वर्ण ,६ रजत र५ कास्य पदक जितेको छ। तृतीय मा नवदुर्गा आबि ताम्चाले २ स्वर्ण ,७ रजत र ५ कास्य पदक हात पारेको छ।

यस्तै प्रा बि तर्फ को प्रथम पुरस्कार कर्णाली रा आबि राङामलेखाले ६ स्वर्ण ,३ रजत र २ कास्य पदक जितेको छ। द्वितियहुने शान्ति माध्यमिक बिधालय फलेबिसौनले ५ स्वर्ण , ७ रगत र २ कास्य पदक जितेको छ। र तृतीय हुने जन ज्रागृत प्राबी राजिरेक्चाले २ स्वर्ण ,२ रजत र ५ कास्य पदक जितेको छ।

प्रतियोगितामा बिजेता र उप बिजेता विद्यालयलाई प्रमुख अतिथी गाउपालिकाका उपाध्यक्ष कमल बहादुर साउद ,कार्यक्रमका सभापति वडा अध्यक्ष नन्दाराम गिरी ,कार्यपालिका सदस्य नानी दमाई ,वडा सदस्य रतन भाट ,दिपेन्द्र माझी ,कोसेली एफएम का प्रबन्धनिर्देशक लिलाजङ्ग शाही ,शान्ति माबिका प्राधानाध्यापक मीन बहादुर दर्लामी ,खगेन्द्र शाही  ,लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट