बाैनिया/ कैलालीको मोहन्याल गाउपालिकामा रुख बाट खसेर एक जनाको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ६ नारासोती निवासी ४६ बर्षका आशाराम जैसीको आज बिहान ९ बजे रुख बाट खसेर मृत्यु भएको हो।
घर नजिकै बिहानै आफ्नै खेतवारीमा रहेको अम्राको रुख मा डाले घास काट्ने क्रममा अचानक रुख बाट खसेका थिए । करिव २० फिट माथी बाट खसे पछि उनको टाउकोमा गम्भीर चोट लागेपछि घटना स्थलमै मृत्यु भएको उनको आफन्तहरुले जानकारी दिइएको छन् । मृतक जैसीका १ श्रीमती २ छोरा ,३ छोरी छन् ।
उनको फाल्गुन २१ गते कर्णाली नदि सोल्टामा दाहसंस्कार गरिने भएको छ।