Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अवैध नेटवर्किङबाट रकम ठगेको भन्दै आरएनसी ट्रेडिङ्ग विरुद्ध उजुरी

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन १८, २०७९
अवैध नेटवर्किङबाट रकम ठगेको भन्दै आरएनसी ट्रेडिङ्ग विरुद्ध उजुरी

कैलाली । अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी विरुद्ध ठगी उजुरी परेको छ ।

कैलाली, कञ्चनपुर र बैतडीका केही पीडितहरूले आफूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहीबार उजुरी दिएका हुन । आरएनसी ट्रेडिङ्ग प्रा.ली.का व्यवस्थापक भीम ऐरीले १ वर्ष अघि रोजगारी दिलाई दिने भनी जनही २० हजारका दरले रकम असुली गरेको र पछि भने बमोजिम रोजगारी नदिएको तथा रकम फिर्ता माग्दा गाली गलौच र हातपात गरेको पीडितहरूले दिएको उजुरीमा भनिएको छ ।

कार्यालयको कामकाज गर्ने र मासिक १८ हजार तलब हुने भनेर आश्वासन देखाइयो । एक पीडितले भने,.. “बढी पैसा कमाउने भए घर परिवारलाई पनि सदस्य बनाऊ भने हामीले त्यो पनि ग¥यौ तर भने जस्तो काम रहेनछ । १ वर्षमा डब्बल पाउने गरी तेल उद्योगमा २० हजार शेयर लगानी पनि गर्न लगायो तर पछि नत शेयर फिर्ता पायौ नत भने अनुसारको तलब नै ।” आश्वासन दिए जस्तो काम र तलब नपाए पछि आफूहरूले त्यो काम छाडेको पीडितहरूको भनाई छ । उनीहरूका अनुसार आफूले सदस्य बनाएका अरू मानिसहरूले पनि पैसा फिर्ता मागिरहेका छन् भने धेरै सँग त बोलचाल नै बन्द छ ।

सम्बन्धित समाचार
ताजा अपडेट