बाैनिया/ कैलालीको माेहन्याल गाउँपालिकाले जग्गाको निस्सा(एेलानी प्रती जग्गा उपयोग गरिरहेको प्रमाण वितरण कार्य र जग्गाको नाप नक्सा घर जग्गा धनी लालपुर्जा वितरणका लागि नापिको काम शुरु गरेको छ।
राष्ट्रिय भुमी आयोग सङ्ग भएको सम्झौता बमोजिम गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन शुकुम्बासी र अव्यवस्थित बसोबासिलाइ जग्गाको निस्सा वितरण कार्य र जग्गा नाप नक्साको काम सुरु गरेको हो।

मंगलबार देखि पालिकाकाे वडा नं.७ पितमारि बाट एक कार्यक्रमका बिच उद्वघाटन गर्दै नापिकाे काम सुरु गरिएकाे हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै माेहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले पालिकाका सबै नागरिकलाई जतिसक्दो चाडाे सुकुम्बासी र अव्यवस्थित बस्ती लाई लालपुर्जा बितरण गर्ने गाउँपालिकाकाे उदेश्य रहेकाे र यसमा स्थानीय राजनीतिदल , सबै सराेकारवालाले आ-आफ्नो ठाउँबाट सहयाेग गर्नुपर्ने आग्रह गर्नु भएको छ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष कमल बहादुर साउद,वडा अध्यक्ष हरु राजनीति दलका प्रतिनिधि लगायत को उपस्थिति रहेको छ।
कार्यक्रममा पालिका उपाध्यक्ष कमल बहादुर साउदले जग्गाको निस्सा प्राप्तिले जग्गा मेरो भनी भनेर ढुक्कका साथ भोकचलन गर्न पाइने बताए । उनले जग्गा सम्बन्धि सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा वितरण गरेको बताए।
मोहन्याल गाउपालिकाकाफलेबिसौना,चायाभावर,ठुलागडा ,आमगैरा,पथ्थरगड,फर्साथाइ ,कारुवा ,पानीखोला,कोल्तडी,राक्सा,खनियाताल ,नारङ्गे ,सालघारी लगायतका दर्जनौं पालिका बासिन्दा लालपुर्जा बिहिन छन् ।
२०७७ सालमा नेपाल सरकारले सुकुम्बासी आयोग गठन गरि देशभर सुकुम्बासी ,दलितभुमिहिन ,र अव्यवस्थित बस्तिलाइ लालपुर्जा दिने योजना ल्याएको छ।