बाैनिया/ कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडा बजारमा रहेको सिर्जनशिल ग्रामीण बिधुत सहकारी सस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ
संस्थाका अध्यक्ष देवानन्द् जैशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो

संस्थाका उपाध्यक्ष वीर बहादुर सापकोटाको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा समाजसेवी भरत कुमार शाही ,तेज प्रताप मल्ल ,भक्तराज आचार्य ,सहकारी शाखा प्रमुख झविराज ओझा , कालिका आमा समूह कि अध्यक्ष साबित्रा सापकोटा ,डफ युवा क्लब का अध्यक्ष घनश्याम कुवर,सुन्दर ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष सुमन चलाउने लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो

कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को ४६ लाख ८९ हजार ७ सय ६८ रुपैयाँ बराबरको आय ब्यय रकम अनुमोदन गरिएको छ।र १६ लाख ३५ हजार ९ सय ५१ रुपैयाँ बचत गरेको छ।
कार्यक्रममा सस्थाका पुर्व सचीव जगत बहादुर शाही ,पुर्व अध्यक्ष सुशील शाही ,पुर्व उपाध्यक्ष शिबराज सापकोटा ले सस्थामा पुर्याउनु भएको योगदान को उच्च मुल्यांकन गर्दै सम्मान गरिको छ।
कार्यक्रमको संचालन भक्त बहादुर बिकले गर्नु भएको थियो।
