बाैनिया/ कैलालीका एक पत्रकारले अशक्त तथा शारीरीक अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण गर्नु भएको छ।
बुधबार पत्रकार बिरेन्द्र रावलले मोहन्याल गाउँपालिका -३ फल्लेबिसौनाका १५ जना बालबालिकासहितका अशक्त, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा वितरण गर्नु भएको हो।
सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई सहयोग गरिएको रावलले बताए ।

