Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहाको १० औं नगरसभा सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, माघ २२, २०७९
लम्किचुहाको १० औं नगरसभा सम्पन्न

लम्कीचुहा नगरपालिकाको १० औं नगरसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । आइतबार लम्कीचुहा नगरपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०७९/८० पौष मसान्तसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै नगरपालिकाको १० औं नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

लम्कीचुहा नगरपालिका नगर प्रमुख तथा सभाध्यक्ष सुशिला शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख जुना चौधरी , प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढा , १० वटै वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरू तथा वडा सदस्यहरू , नगरपालिकामा कार्यरत कर्मचारीहरु, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू , सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।


नगरसभामा आ.व. २०७९/८० को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालू आर्थिक बर्ष ०७९/८० को हालसम्मको प्रगति विवरण नगरसभा उपाध्यक्ष जुना चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
लम्कीचुहा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाहेक १ अर्ब ९ करोड ९९ लाख २८ हजार ५ सय २४ रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरिसकेको थियो । बजेटमा पुर्वाधार निर्माण विकास , कृषि तर्फका कार्यक्रम , स्वास्थ्य तर्फका कार्यक्रम , फोहोरमैला व्यवस्थापन , सिँचाइ , पशु सेवा तर्फ लगायत विभिन्न कार्यक्रम समावेश गरिएका थिए।

। लम्कीचुहा नगरपालिकाले विभिन्न शीर्षकमा संघीय सरकार , प्रदेश सरकारबाट प्राप्त अनुदान रकम र लम्कीचुहा नगरपालिकाको आन्तरिक राजस्व वापतको रकमलाई आधार मानेर बजेट विनियोजन गरेको थियो ।
लम्कीचुहा नगरपालिकाले आ.व. २०७९ / ८० को पौष मसान्तसम्ममा २ करोड ९३ लाख ९५ हजार रुपैयाँ सम्पूर्ण वडाहरू तथा नगरपालिकाको राजस्व उपशाखाको एकद्वार प्रणाली मार्फत संकलन गरेको हो ।
प्रस्तुत गरेको प्रतिबेदन तथा बिधेयकमा सुझाब राख्न नगर सभाका सदस्यहरुलाई २ मिनेटको समय उपलब्ध गराएर सबैको सर्ब सहमतिमा संसोधनहरु पारित गर्दै लम्किचुहाको १० औ हिउदे नगरसभा सम्पन्न भएको छ ।

सभाले नगरकार्यपालिकाले गरेका सम्पुर्ण निर्णयहरु, आर्थिक वर्ष २०७९/०८० को हालसम्मको खर्च, आर्थिक वर्ष २०७९/०८० मा नगरकार्यपालिका बैठकले पारित गरेका नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डहरु, नगरपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति, आ.व. २०७९/०८० को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएका योजनाहरुको अनुमोदन गरेको वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्रबक्ता लभ बहादुर शाहिले जानकारी दिनु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट