निर्मला शाही/घोडाघोडी जेसीज नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन। शुक्रबार घोडाघोडिमा सम्पन्न प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा सस्थापक अध्यक्ष लालबहादुर शाहीले वर्ष २०२३ का अध्यक्ष जेसी भरत भट्टराई लाई पदभार हस्तान्तरण गरेका हुन्।
भट्टराई गत माघ १२ गते सम्पन्न घोडाघोडि जेसीजको प्रथम अधिवेशनबाट सर्वसम्वत चयन भएका थिए । भट्टराई सँगै कार्यकारी उपाध्यक्ष कमल बम,मन्जु विष्ट , उपाध्यक्षमा लक्ष्मण न्युरे,प्रकाश बहादुर शाही ,धन बहादुर बडुवाल भुपेन्द्र कुवरले पनि पदभार ग्रहण गरेका छ्न ।भने
महासचिव मा कपिल सापकोटा ,कोषाध्यक्ष जानकी शाह , कानुनी सल्लाहकारमा कलक जङ्ग सिह लाई मनोनीत गरिएको छ। 
सस्थापक अध्यक्ष लालबहादुर शाहिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडक रावत , बिशिस्ट अतिथिमा नेपाल जेसीज बर्ष २०१२ का अध्यक्ष तेज शंकर भट्ट र ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरीक्षक लक्ष्मण शाही रहनु भएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोडाघोडी नगर प्रमुख रावतले जेसीज युवा हरुको नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सामाजिक सस्था भएकोले पछिल्लो समयमा लागू औषध ,कुलत मा फसेका युवा हरु लाई समाज परिवर्तन गर्न सकारात्मक कार्यक्रम मा सहभागी गराउन घोडाघोडी जेसीज र घोडाघोडी नगरपालिकाको सहकार्य गरि समाज रुपान्तरण र परिवर्तन का साथै दिगो बिकास र सुशासन कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ।


पदभार ग्रहण कार्यक्रममा बौनिया जेसीजका सस्थापक अध्यक्ष लिलाजङ्ग शाही ,बर्ष २०२३ का अध्यक्ष चक्रबहादुर शाही ,२०१८का अध्यक्ष जनक बहादुर बिस्ट ,२०१९ का अध्यक्ष धिरज शाही ,२०२१ का अध्यक्ष गणेश राज जोशी,लम्की लेडी जेसीज बर्ष २०२२ का अध्यक्ष शान्ती चन्द ,२०२३ का अध्यक्ष हेमा रेग्मी पौडेल ,जोशीपुर जेसीज बर्ष २०२२का अध्यक्ष सुदराम दहित , टिकापुर जेसीज बर्ष २०२२का अध्यक्ष टोप प्रकाश बिक , धापासी जेसीजका पुर्व अध्यक्ष भरत कुमार शाही,सामुदायिक वन समन्वय समिती पहलमानपुरका अध्यक्ष पुस्कल बम ,एन एम बि बैकका प्रबन्धक प्रेम भट्टराई लगायतको उपस्थित रहेको थियोे । 
कार्यक्रममा मातृत्व प्रदान गर्ने शाखा बौनिया जेसीज ,समर्थन दिने लम्की लेडी जेसीज ,पहलमानपुर सामुदायिक वन समन्वय समिति ,घोडाघोडी क्याम्पस र घोडाघोडी अस्पताल लाई सम्मान गरिएको छ।
घोडीघोडी जेसिज स्थापना गर्न बर्ष२०१८ मा बौनिया जेसीजले मातृत्व र लम्की लेडी जेसीजले समर्थन गरेको थियो।