बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा बर्दगोरिया पुरैनाताल पहिचान महोत्सव २०७९ संचालन हुने भएको छ । स्थानीय कला सास्कृतिक संरक्षणको अभियान पुरैनाताल पर्यटकीय क्षेत्रको पहिचान भन्ने मुल नाराका साथ महोत्सव संचालन हुने भएको हो ।
स्थानीय इन्द्रेणी युवा क्ल्वको आयोजनामा आउदो फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुने भएको हो । बर्दगोरिया क्षेत्र र वडा नम्बर ४ मा रहेको पर्यटकीय क्षेत्र पुरैनातालको प्रचारप्रसार ,यसको संरक्षण सम्बर्द्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजक इन्द्रेणी क्लबले जनाएको छ ।
क्लबले बुधबार मुडाबजारमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव संचालन हुने बारेमा जानकारी गराएको हो । स्थानीय मुडा खेल मैदानमा हुने महोत्सवमा १५० स्टल रहनेछ्न भने स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति , विद्यालय स्तरीय नृत्य प्रतियोगिता,स्थानीय कला सस्कृती झल्किने प्रदर्शनीसहितका कार्यक्रम,रमाइलो मेला,थारु गाउँ ,मगर गाउँ ,महोत्के कुवा मुख्य आकर्षकका रुपमा रहने क्ल्वका अध्यक्ष ललित साउदले बताए ।
१० दिनसम्म चल्ने महोत्सवमा ५ लाख बढी दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार हुने दावी गरिएको छ । महोत्सव संचालनका लागि विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
महोत्सव सफल पार्नका लागि मुडा बजार बिकास समिति ,बौनिया बजार व्यवस्थापन समितिसहित विभिन्न संघ -सस्था तथा समूहले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छ्न ।