Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

  • कैलाली दर्पण
  • शुक्रबार, पुस २९, २०७९
बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

 बौनिया । बर्दगोरिया गाउलालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ ।

थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा बर्दगोरिया गाउपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ । माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ ।

यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार
ताजा अपडेट