बौनिया । बर्दगोरिया गाउँपालिकाले बौनिया बजारमा हाई मास्ट लाईट जडान गरेको छ । बर्दगोरिया गाउँपालिकाले बौनिया बजारमा उज्यालो बनाउन हाई मास्ट बत्ती जडान गरेको हो ।
हाई मास्ट बत्ती जडान भए संगै बौनिया बजारमा उज्यालो हुने भएको छ । पालिकाले राती हुने चोरी निकासिलाई निगरानी र बौनिया बजारको मुहार फेर्न हाई मास्ट बत्ती जडान गरेको हो ।
हाई मास्ट बत्ती जडान गर्दा बौनिया चौराहामा रातिको समयमा आवातजावतमा सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने भएको छ ।
बौनिया बजारमा पहिले सोलार तथा लाईट बाट चल्ने साना बत्तीहरु थिए तर त्यो सानो भए पछि हाई मास्ट लाईट जडान गरिएको गाउपालिका अध्यक्ष कर्ण कुँवरले बताए । आफुले जनता संग गरेका बाचा अनुसार गाउपालिकाका चार वटा मुख्य चौकमा हाई मास्ट जडान गरेर पालिकालाई उज्यालो पार्ने बताए ।
आफुले चुनावताका बेला बोलेका कुराहरुलाई एक एक गरि काम गरि रहेको पालिका अध्यक्ष कुँवरले बताए । उनले आफू निर्वाचन भए लगतै जनताका आवश्यकताका कुरामा ध्यान दिएको छु । उनले निर्वाचन लगत्तै करिब १ सय ५० घरमा खानेपानी पुगाए ।
साथै आफुले पालिकाका विभिन्न वडामा जग्गाको निस्सा समेत बितरण गरेको बताउदै अहिले पनि उक्त कार्य जारी रहेको छ । अबको आफ्नो कार्य भनेको पालिकालाई बिकास र समृद्धि तर्फ अगाडी बढाउनु नै हो ।
साथै अध्यक्ष कुँवरले भने आफ्नो लक्ष्य निर्वाचित भएको ५ बर्ष भित्र पुरै गाउपालिकालाई उज्यालो पार्नु हो । पहिलो चरणमा बजार एरिया हुँदै बिस्तारै अब गाउँ गाउँ सोलार बत्ती जडान गरिने अध्यक्ष कुँवरले बताए ।