बाैनिया पुस२३/ श्री पुर्णिमा सामुदायिक वन उपभोक्ता समूह लम्किचुहा ४ कौवापुरको १३ औं चुनावी साधारणसभाको उदघाटन समारोह सम्पन्न भएको छ।
शनिवार एक कार्यक्रमका बिच समुहका अध्यक्ष जङ्ग बहादुर थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि समुह सल्लाहकार संयोजक कर्ण जैसी रहनु भएको थियो। 
समुह का सदस्य पुरन सिह बिकको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी वडा अध्यक्ष तारा प्रशाद अधिकारी ,वन प्फलिस्टेर राम बहादुर रावल ,वडा सदस्य प्यारेलाल चौधरी ,समाजसेवी सुरेश भुल ,दुधराम चौधरी ,भरत राज जैसी, बिरेन्द्र सामुदायिक वन उपभोक्ता समूह लम्किचुहा २ का अध्यक्ष उजिर सिह सुनार,बडघर रामदयाल चौधरी ,समाजदेवी प्रेमबहादुर बिस्ट ,सरला अधिकारीले शुभकामना मनतब्य राख्नु भएको थियो 
यस्तै कार्यक्रममा आर्थिक बर्ष २०७५ देखि ०७९ सम्म को आयब्यय अनुमोदन गरेको छ। आ ब २०७५/०७६ ३९९७२२२. रुपैयाँ /८६ पैसा आ ,व २०७६/०७७ को ४४९०४४२ रुपैयाँ १० पैसा आ,व २०७७/०७८ को ३१२०४९४. रुपैयाँ ४ पैसाको र आ,व २०७८/०७९ को २८ लाख ५० हजार ४ सय ५० रुपैयाँ ८० पैसा बराबरको आय ब्यय प्रस्तुत गरिएको थियो ।
उक्त सामुदायिक वनमा लम्किचुहा ४ र ७ का १ हजार २ सय ५२ जना उपभोक्ता रहेका छन् ।
नँया कार्यसमिति चयनको लागि माघ ७ गते उम्मेदवारी दर्ता र १४ गते मतदान तोकिएको छ। 
कार्यक्रम को संचालन सचिव मिना खनालले गर्नु भएको थियो ।