बाैनिया/ जोसिपुर जेसिजको ९औं शाखा अधिवेशन मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
बर्ष २०२३को अध्यक्षमा पत्रकार धर्मेन्द्र बिष्ट निर्विरोध निर्वाचित हुनु भएको छ।
जस्को कार्यकारी उपाध्यक्षमा भिम बिनाडी, सुजित चौधरीलाइ चयन गरेको छ भने चारजना उपाध्याक्षहरुमा भान बहादुर देउवा ,जयकुमारी डगौरा ,जीवन लाल डगौरा सुशील चौधरीलाई निरविरोध निर्वाचित हुनु भएको निर्वाचन आयुक्त बिष्णु गौतमले जानकारी दिनु भएको छ ।
त्यस्तै महासचिवमा भगत डगौरा , कोषाध्यक्षमा भुमिसागर सुनार , र कानुनी सल्लाहकार डिल बहादुर चौधरी मनोनीत भएका छन् । 
बर्ष २०२२ का अध्यक्ष सुदराम दहित को सभापतित्त्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सस्थापक अध्यक्ष संतोष पाैडेल रहनु भएको थियो ।
कार्यक्रममा बौनिया जेसिजका सस्थापक अध्यक्ष लिला राज शाही जिल्ला समन्वय समिति कैलाली का सदस्य बिष्णु डगौरा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।