Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाैनियाँ जेसीज बर्ष २०२३को अध्यक्षमा शाही सर्वसम्मत निर्वाचित

  • कैलाली दर्पण
  • शुक्रबार, पुस १५, २०७९
बाैनियाँ जेसीज बर्ष २०२३को अध्यक्षमा शाही सर्वसम्मत निर्वाचित

। बौनिया जेसीजको ११ औ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच जेसिजको ११ औ अधिवेशन सम्पन्न भएको हो ।                                         

बौनिया जेसिज २०२२ का अध्यक्ष जेसि कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए ।

बौनिया जेसिज वर्ष २०२२ का कार्याकारि उपाध्यक्ष जेसि देवानन्द जैशिको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रम बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष जेसि भुमि प्रकाश बम , वर्ष २०१५ का अध्यक्ष गणेश भट्ट, २०१७ का अध्यक्ष जेसी कृष्ण विष्ट, २०१८ का अध्यक्ष जेसी जनक विष्ट लगाएकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै आजनै बौनिया जेसिज वर्ष २०२३ का लागि नयाँ पदाधिकारी निर्वाचित भएका हुन ।                                 

जसमा बर्ष २०२३ का लागि अध्यक्षमा जेसी चक्रबहादुर शाही , कार्यकारी उपाध्यक्ष जेसी वीर बहादुर बिस्ट , जेसी एकेन्द्र कुँवर, उपाध्यक्षमा जेसी डम्बर बहादुर बुढा, जेसी बिकास गौतम, जेसी गोबिन्द डाङ्गी र प्रेम सुनार निरबिरोध निर्वाचित भएको निर्वाचन आयुक्त धिरज शाहिले जानकारी दिएका हुन ।                                                 

यस्तै महासचिव जगत बहादुर शाही, कानुनी सल्लाहकार देवानन्द जैसी , कोषयक्ष नवीन कुवरलाइ मनोनीत भएका हुन । बाकी मनोनीत पद पहिलो बैठकद्वारा मनोनित गरिने छन् ।                                                                           

यस्तै कार्यक्रममा बौनिया युवा क्लबका अध्यक्ष जिवन बिसि, दोदोधरा रेडक्रस उपशाखा सभापति लक्ष्मी जैशी, बौनिया बजार व्यवस्थापन समितीका अध्यक्ष अमर बम ले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट