Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम महोत्सवको साताैंँ दिन,को-को कलाकार आउँदैछन् आज?

  • कैलाली दर्पण
  • बुधबार, मंसिर २८, २०७९
सुदूरपश्चिम महोत्सवको साताैंँ दिन,को-को कलाकार आउँदैछन् आज?

मंसिर२८/ कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज चर्चित गायक प्रकाश सपुत र गायिका टिका प्रसाई आउँदै छन् ।महोत्सवको आज सातौँ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।

बुधबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए ।यसअघि (हिजो )मंगलबार चर्चित पप गायक सुगम पोखरेल, गायक राज कुस्मी र चर्चित मोडल तथा गायिका अन्जु कुस्मीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए ।

मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म हुनेछ। महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट