मंसिर२४, / कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न वडामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम गरिएका छ्न। शनिबार आज बर्दगोरिया वडा नम्बर ६ पृथ्वीपुरमा पनि गाउँपालिकाको आयोजना अन्तरक्रिया कार्यक्रमको समापन गरिएको छ।

यस वर्ष “सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान”भन्ने मुल नारा दिएर १६ दिने अभियान मनाउन थालिएको हो ।संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६का वडा अध्यक्ष रामकृष्ण डगौराको अध्यक्षतामा भएको कार्यक्रममा ,अतिथि वडा नं.२का वडा अध्यक्ष गोबिन्द बि.क , बर्दगोरिया गाउँ पालिकाका महिला समितिकि संयोजक पानमति राना, वडा नं.६का वडा सदस्य अमर दहित ,हितमत कठयात,धनशारा बि.क, वडा नं.६का पुर्व वडा सदस्य लक्ष्मण डगौरा,मिना बि.क लगायत रहनु भएको थियो।
कार्यक्रममा संयुक्त आमा समूहकी सदस्य उत्रा देवि बम र हरीयाली आमा समुहकी सदस्य जमुना सुवेदी, सृजनशिल किशोरी समुहकी अध्यक्ष कन्चन सुनार,लाली गुराँस महिला विकास समिति अध्यक्ष मनिसा बिक लगाएतले मन्तब्य राखेका थिए । उक्त कार्यक्रम मा किशोरी अगुवा समुहकी सचीव बिमला चौधरिले महिला मात्र नभएर महिलाले पुरुष लाई पनि हिंसा गरेको बताएकि छिन ।चौधरिले पल शाह र सन्दीप लाई फसाएको भन्दै पुरुष मनि सचेत रहन आग्रह गरेकी हुन मैलाले गर्दा नै समाजमा छौपडी प्रथाको अझै पनि अन्त्य हुन नसकेको बताएकिछन।

उक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष रामकृष्ण डगौराले आफ्नो पाँच बर्षे कार्यकालमा महिला हिंसा अन्त्य गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
मैले जित्नु भन्दा पहिला पनि मैलाहिंसा सम्बन्धि धेरै तालीम गोष्ठी चलाएको र म वडा अध्यक्षमा जितिसके पछि पनि धेरै अन्याय मा परेका मैला पुरुष लाई न्यायको बाटोमा डोर्याएको बताए। म मेरो कार्यकाल भित्र एउटा् विधेयक बनाएर मैला हिंसाको अन्त्य म मेरो वडा बाटै गर्ने र सदैव सेवामा लागिरहेको बताएका छन।
डगौराका अनुसार महिलाहरु अहिले वडादेखी गाउँ कार्यपालिकासम्म जिम्मेवारि पदमा पुग्नु सुखद रहेको र लैंगिक हिंसा अन्त्य गर्न उहाँहरुको सक्रियता बढ्नु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ६ का विभिन्न समुहका १३५ महिलाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला हिंसा सम्बन्धि प्रशिक्षण अभिवक्ता बिष्णु खनालले गर्नु भएको थियो । 
उक्त कार्यक्रमको सन्चालन सरिता चौधरीले गर्नु भएकि थिन।