Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नारायण आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन: बिक

  • कैलाली दर्पण
  • शुक्रबार, मंसिर २३, २०७९
नारायण आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन: बिक

निर्मला शाही / बर्दगोरियाको श्री नारायण रास्टिय आधारभुत बिधालय व्यवस्थापन समितिको अध्यक्षमा पुन: खडक बहादुर बिक चयन भएका छन ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बेलुवा स्थित नारायण आधारभुत बिधालयको अध्यक्षमा बिक सर्वसहमत चयन भएका हुन ।

जस्को सदस्यहरुमा कुश्मादेवी चौधरी ,सोनिया देवि डगौंंरा,तेजबहादुर बिसी जनप्रतिनिधि बाट नैन बहादुर चौधरी ,मनोनीत सरिता कार्की शिक्षक प्रतिनिधि सुशीला साउद र सदस्य सचिव सुरेन्द्र प्रकाश जैसी रहेका छन ।       

शिक्षक अभिभावक संघको अध्यक्ष मा अमर भण्डारी लाई चयन गरिएको छ।बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खडक बहादुर बिक को सभापतित्वमा भएको अभिभावक भेलाको प्रमुख अतिथी बर्दगोरिया वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहेका थिए ।बिशिस्ट अतिथीमा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा भट्ट रहनु भएको थियो।

सोही कार्यक्रमको संचालन श्री नारायण आधारभुत विद्यालयका  प्रधानाध्यापक  सुरेन्द्र प्रकाश जैसिले गर्नु भएको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट