बौनिया /कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ ।
करीब दुई करोडको लागतमा आयोजना हुने सुदूरपश्चिम महोत्सव पुष २ गतेसम्म धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने मिडिया संयोजक मनोज अग्रवालले जानकारी दिए । अग्रवालकाअनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले २२ गते दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सवका लागि आवश्यक पर्ने तयारी अन्तिम चरणमा रहेको बताउदै अग्रवालले महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी प्रतियोगिता, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थको प्रर्दशनीलाई विशेष प्राथमिकतामा राखिएको बताए । सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान दिएका तथा सम्भावना भएका लागि स्थानीय कलाकारलाई प्राथमिकता दिने, उद्यमी, व्यवसायी र स्थानीय उत्पादनलाई विशेष महत्व दिइएको उनले बताए ।
महोत्सव अवधीभर ५ देखि ७ करोड बरोबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । विश्वव्यापी आर्थिक मन्दी र चर्को व्याजदरका कारण उत्साहजनक रुपमा महोत्सवका व्यवसायीहरुको सहभागीको कमी देखिएको बताइएको छ । महोत्सवमा करीब चार सय वटा व्यवसायिक स्टल रहने बताउदै सुरक्ष व्यवस्थालाई पनि चुस्त पारिएको आयोजकले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको आयोजना कैलाली उधोग बाणिज्य संघले बिगत १६ बर्ष देखि गर्दै आइरहेको छ।