निर्मला शाही बाैनिया मंसिर १९/कैलालीको बर्दगोरिया गाउँपालिकामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइको छ ।
बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा को आयोजनामा सोमबार बर्दगोरियाको वडा नम्बर १ बौनियामा “महिला सामुदायिक स्वयंसेविकाको प्रतिबद्धता “स्वास्थ प्रवर्धनमा हाम्रो प्रतिबद्धता” भन्ने मुलनारा सहित यो दिवस मनाएको हो।
वडा नम्बर ४ कि महिला स्वास्थ्य स्वयंसेबिका लालपरी चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख निर्प बिस्टले राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुवर बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गिबिन्द बिक, वडा नम्बर ३ वडा अध्यक्ष मन ऋषि आचार्य ,४ का अध्यक्ष जगत बहादुर शाही लगायत रहेका थिए । 
कार्यक्रममा स्वास्थ्य स्वयंमसेविका दर्शना बोहरा र गिता रावत ले मन्तव्य राखेका थिए । मन्तव्य राख्दै स्वयंमसेविकाले घरको काम छाडेर घाम पानी न भनेर काममा घटिनु पर्ने काम चाहिँ धेरै हुन्छ काम को मुल्यांकन चाहिँ कम हुने बताउनु भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुवरले स्वयंसेविकाहरुला भगवानको दर्जा दिनु पर्ने बताए । घर घरमा गयर नि शुल्क सेवा दिने आमा र शिसुको ज्यान बचाउने स्वयंसेविका हरुलाइ भगवान को रुपमा हेर्नू पर्ने कुवरले बताउनु भएको छ। 
सोहि दिवसका अवसरमा पालिकाका ६ वटै वडामा रहेका महिला स्वास्थ्य सस्था मातहत रहि जिम्मेवारि अनुसार उत्कृष्ट कामगरेको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुला कदर प्रमाणपत्र सहित सम्मान गरिएको थियो । 

