Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली-२ (क) प्रदेश सभामा काङ्ग्रेसबाट कमल बहादुर शाह बिजयी 

  • कैलाली दर्पण
  • शुक्रबार, मंसिर ९, २०७९
कैलाली-२ (क) प्रदेश सभामा काङ्ग्रेसबाट कमल बहादुर शाह बिजयी 

९ मंसिर बाैनिया/ कैलाली क्षेत्र नम्बर २  (क) प्रदेश सभामा लोकतान्त्रिक वाम गठबन्धन साझा उम्मेदवार नेपाली काङ्ग्रेस का महासमिति सदस्य कमल बहादुर शाह बिजयि भएका छन।

शाहले १० हजार ४ सय ३३ मत ल्याएर विजयी  भएका हुन। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्नमुक्ती पार्टीका रतन बहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गरेका  छन। नेकपा एमाले कि केन्द्रिय सदस्य तथा पुर्व रास्टिय सभा सदस्य महिला नेत्री कमला कुमारी ओलि बुढाले ८०८२ मत प्राप्त गरि तेस्रो स्थानमा रहनु भएको छ।

यस्तै रास्टिय प्रजातन्त्र पार्टीका प्रमोद सिह राठौरले २१३६ मत प्राप्त गर्नु भएको छ।नेपाल मजदुर किसान पार्टीकि लक्ष्मी पुनले ३०६ मत प्राप्त गर्नु भएको छ।

प्रदेश सभा क मा जम्मा मत  ३१८२९ खसेको थियो । १७८७ मत बदर भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट