बर्दगोरिया / कार्त्तिक २३
फोहोर मैला व्यवस्थापनमा बर्दगोरिया गाउपालिका उदारणिय कार्य गर्न थालेको छ ।
गाउपालिकाले आफ्नै ट्याक्टर खरिद गरि बौनिया बजार र मुडा बजार बाट संकलन हुने फ़ोहोर उठाउदै नदि किनारमा फाल्ने गरेको छ ।तर अब नया ठेक्का सम्झौता गरे संगै फ़ोहोर संकलन गर्ने जिम्मा निर्प साउदले लिएका छन ।
उनले नदि किनारमा फालिरहेको फ़ोहोरले मानवीय असर गर्ने भन्दै पालिका अध्यक्ष कर्ण कुँवर र उपाध्यक्ष गणेश राज गिरिको सल्लाह बमोजिम राजकुला सामुदायिक बन काडा नदिको नर्सरीमा फ़ोहोर फाल्नका लागि खाल्डो खनेका छन ।
खाल्डो खन्दै उनले भने अब फोहोरलाई मोहरमा बदल्न सकिन्छ । मानवीय असर पनि नहुने फोहरलाई कुवाएर मल समेत बनाउन सकिने हुदा आम्दानीको स्रोत समेत बनाउन सकिने साउदले बताए ।
फोहोर मैला व्यवस्थापनमा स्थानीय तहको भूमिका अभिभावकीय हुने निष्कर्ष हामीले निकाल्दै गर्दा हामी सबैको सहयोग, समर्थन, समन्वय र सहकार्य बिना स्थानीय तह एक्लैले फोहोर मैला व्यवस्थापन गर्न नसक्ने यथार्थतालाई भुल्नु हुँदैन । त्यसर्थ फोहोर ब्यबस्थापनको जिम्मा लिएका निर्प साउदले पहिले जथाभावी फालिएको फोहोरलाई समेत व्यवस्थापन गरिने बताए । हप्ताको २ दिन संकलन गर्ने फोहोरलाई अब व्यवस्थित गरिने उनले बताए । ट्याक्टरले बौनिया र मुडा बजार बाट महिनामा ८ दिन फोहोर संकलन गर्दै आएको छ ।