कार्तिक २३ बर्दगोरिया / कैलालीमा निर्वाचन नसकिएसम्म मदिरा विक्री वितरण र सेवन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आईतवार सूचना जारी गर्दै मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको हो।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको बताइएको छ। आईतवार देखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको र कोही कसैले मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ। साथै ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले पनि बर्दगोरिया गाउपालिकामा पनि शान्ती कायाम गर्न सबैले जिल्ला बाट जारि भएको नियमलाई पालना गर्नु पर्ने बताए । उनले भने निर्वाचनको अवधी सम्म आचारसंहितामा रहि सबै दलले पालना गर्नुपर्छ । निर्वाचन अवधी सम्म बर्दगोरियाका होटेलहरु राती ९:३० बजे सम्म मात्र खोल्न आग्रह गरेका छन ।