बर्दगोरिया कार्तिक १७/ । कैलालीको मोहन्याल गाउँपालिकामा नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।
यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेका उम्मेदवार सहित कार्यकर्ताले मोहन्याल गाउपालिकाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन । 
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी एमालेका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको नेकपा एमालेका क्षेत्र नम्बर २ (ख) का एमालेका उम्मेदवार डेजि पाण्डेले बताए ।
आफुले जिते विकास र समृद्धिले काचुली फेर्ने बताए ।