Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

खुल्ला मोहन्याल भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा लाई

  • कैलाली दर्पण
  • सोमवार, कार्तिक १४, २०७९
खुल्ला मोहन्याल भलिबल प्रतियोगिताको उपाधि  राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा लाई

निर्मला शाही कार्तिक १४/कैलालीको मोहन्याल ३ फल्लेबिसौनामा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि रास्टिय आधारभुत विद्यालय चोसेकाडाँले हात पारेको छ।

सोमबार आज सम्पन्न फाइनल खेलमा आयोजक मोहन्याल युवा क्लब लाई पराजित गर्दै रास्टिय आधारभुत बिधालय चोसेकाडा उपाधी जित्न सफल भएको हो।

मोहन्याल युवा क्लबको आयोजनामा कार्तिक १२ गते शनिबार देखि सुरु भएको पहिलो खुल्ला भलिबल प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता सोमबार आज फलेबिसाेैनामा सम्पन्न भएको छ।                               

निकै प्रतिस्पर्धा भलिबल फाइनल खेलमा राष्ट्रिय आधारभुत बिधालय माथि दवदवा राखेको आयोजक मोहन्याल युवा क्लब लाइ दुई तिनको सोझो सेटले पराजित गर्दै रास्टिय आधारभुत विद्यालय बिजयी भएको हो।

फाइनल खेलको पहिलो सेटमा आयोजकले २५/२१ पाउदा दोस्रो सेट चोसेकाडा २५/२० पाउदा तेस्रो सेट आयोजकले २५/२३ फेरि चौधौं सेट चोसेकाडाले २५/१ ले आफ्नो पक्षमा लिदा फेरि अन्तिम निर्णय सेट रास्टिय आधारभुत विद्यालय चोसेकाडाले १५/११ आफ्नो पक्षमा लिदै उपाधी उचाल्न सफल भएको छ ।                       

प्रतियोगिता विजयी बन्न सफल राष्ट्रिय आधारभुत विद्यालय चोसेकाडाले नगत ७५ हजार प्राप्त गर्‍यो भने दोस्रो हुन सफल मोहन्याल युवा क्लबले नगत ४५ हजार प्राप्त गरेको छ ।
यस्तै सोही अवसरमा संचालन भएको खुल्ला हाजिरीजवाफ प्रतियोगितामा बिजेता हुन सफल साइनिङ्ग स्टार युवा क्लब खैरेनिको टोलिले नगत ३० हजार प्राप्त गर्दा दोस्रो हुने घोडाघोडी बहुमुखी क्याम्पस सुखड को टिमले नगत १५ हजार प्राप्त गरेका छन ।                     

भलिबल प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियोे भने हाजिरजवाफ मा १० टोलिको सहभागिता रहेको थिए

क्लबका अध्यक्ष गोर्ख बोहरा (सागर ) को अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्व उपाध्यय रहुनु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव भरत कुमार शाहीले गरेका थिए ।

 

सम्बन्धित समाचार
ताजा अपडेट