Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पहिलो मोहन्याल खुल्ला भलिबल तथा हाजिरिजवाफ प्रतियोगिताको शनिबार उद्घाटन हुने

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक ११, २०७९
पहिलो मोहन्याल खुल्ला भलिबल तथा हाजिरिजवाफ प्रतियोगिताको शनिबार उद्घाटन हुने

निर्मला शाही कार्तिक ११/कैलालीको मोहन्याल गाउपालिकामा कार्तिक १२ गते देखि हुन गइरहेको पहिलो मोहन्याल खुल्ला भलिबल र हाजिरिजवाफ प्रतियोगिता २०७९को तयारी अन्तिम चरण पुगेको छ ।

मोहन्याल युवा क्लबको आयोजनामा पहिलो पटक गर्न  लागेको खुल्ला भलिबल प्रतियोगिता र हाजिरजवाफ प्रतियोगिता हुन लागेको हो ।                                   

भलिबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव भरत कुमार शाहि ले जानकारी दिए ।

मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसौना श्री शान्ति माबिको खेल मैदानमा उक्त भलिबल प्रतियोगिता हुन लागेको हो ।

यस अघि प्रतियोगिता कार्तिक ११ गते देखि हुने भनिएकोमा तिहारको कारण खेलाडिहरु उपस्थिति हुन नसकेको कारणले गर्दा उक्त प्रतियोगिता कार्तिक १२ गते देखि संचालन गर्ने आयोजकले जनाएको छ।

जस अनुसार प्रतियोगिताको उद्घाटन सनिवार कार्तिक १२ गते हुन लागेको क्लबका सचिब शाहिले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिता कार्तिक १२ देखि १६ गते सम्म संचालन हुने छ ।                                          प्रतियोगिताको उद्घाटन दिउँसो १२ बजे  गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय (हिमसिखर) र उपाध्यक्ष कमल बहादुर साउद द्वरा बिधिवत रूपमा गरिने भएको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ ह्जार सहित   प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद ४५ ह्जार नगद सहित  प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि उत्कृष्टभलिबल खेलाडिले ७५०० प्राप्त गर्दा । हाजिरजवाफ तर्फ प्रथम हुनेले नगत ३० हजार पाउदा दोस्रो हुनेले नगत १५ हजार प्राप्त गर्ने छन ।

भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ
भने हाजिरजवाफ मा ११ टिम दर्ता भएका छन।

सम्बन्धित समाचार
ताजा अपडेट